logo-img

दाेलखामा बोलेरो दुर्घटना : २ काे मृत्यु, ४ घाइते

आइतबार दाेलखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार दुर्घटनामा अन्य चार ४ जना घाइते भएका छन् ।

जिल्लाकाे गाैरीशंकर गाउँपालिका–४ झ्याकुमा आइतबार साँझ 
बा २० च ७२६६ नम्बरको बोलेरो दुर्घटना भएकाे हाे । दुर्घटनामा परेर गाैरीशंकर -३ कि ७५ वर्षीया काली शेर्पा र अन्दाजी ५५ वर्षीय पसी शेर्पाकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालयले जानकारी दियाे । 

बोलेराे जिप अनियन्त्रित भएर वडा कार्यालय नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा चालक मिङमार शेर्पा, अन्तु शेर्पा र अन्तु शेर्पाकै बुहारी घाइते भएकाे प्रहरीले जनाएकाे छ । 

घाइतेलाई उद्धार गरेर सिंगटी प्राथमिक अस्पतालमा ल्याइएकाे छ । 





  • प्रकाशित मिति : भदौ ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया