logo-img

एन्फा महिला लिग : विभागीय टोली एपिएफ विजयी

एन्फा महिला लिग फुटबल प्रतियोगितामा संकटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा आज भएको खेलमा एपिएफले संकटाविरुद्ध ३–० को जित निकालेको हो । यो जितसँगै छ खेलमा १६ अंक जोडेको एपिएफ शीर्षस्थानमा छ । प्रतियोगितामा संकटा समान छ खेलबाट पाँच अंकका साथ सातौँ स्थानमा छ । 

एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे । खेलको १३औँ मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । खेलको ५०औँ मिनेटमा अनिताले अर्को गोल गरेर टिमको हौसला बढाइन् ।

खेलको  ६४औँ मिनेटमा सविताले गोल गर्दै एपिएफलाई सहज जित दिलाइन् । एन्फाको आयोजनामा जारी लिगमा १० टोलीत्रबीच स्पर्धा हुँदै छ ।







  • प्रकाशित मिति : असोज १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया