logo-img

विद्यार्थी अनुतीर्ण हुँदा शिक्षकलाई दुःख लाग्नुपर्छ : नेता सिटौला

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफूले पढाएको विद्यार्थी अनुत्तीर्ण हुँदा शिक्षकलाई दुःख लाग्नुपर्ने बताएका छन् । झापाको कचनकवल गाउँपालिकास्थित महेन्द्र रत्न माविमा आज आयोजित संस्थापक सम्मान तथा दाता परिवार सम्मान कार्यक्रममा उनले विद्यार्थी अनुत्तीर्ण हुँदा सबैभन्दा धेरै दुःख शिक्षकलाई लाग्नुपर्ने बताए ।

‘तपाईंले पढाएको विद्यार्थी पास हुँदा सबैभन्दा खुसी हुनुपर्छ’, कार्यक्रममा उपस्थित शिक्षकलाई इङ्गित गर्दै उनले भने, ‘फेल हुँदा पनि धेरै दुःख तपाईंलाई लाग्नुपर्छ ।’

विद्यार्थीको हरेक गतिविधिलाई शिक्षकले सूक्ष्म रुपमा अध्ययन–विश्लेषण गर्नुपर्नेमा उनले जोड दिए । ‘अझ प्राथमिक तहका पढाउने शिक्षकले विश्वविद्यालयमा पढाउने भन्दा बढी मनोवैज्ञानिक रुपमा काम गर्नुपर्छ’, उनले भने, ‘विद्यार्थीको मनोविज्ञान बुझेर डिल गर्नुभएको
 छ कि छैन ? व्यवहार गर्नुभएको छ कि छैन ? विचार गर्नुपर्छ ।’

शिक्षा क्षेत्रको सुधारमा शिक्षक, व्यवस्थापन समिति, स्थानीय तहको विशेष भूमिका हुने बताउँदै उनले पालिकाका जनप्रतिनिधि आफू मातहत आएको शिक्षास्तर किन खस्कियो भनेर गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।





  • प्रकाशित मिति : असोज १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया