logo-img

शिक्षा दिवसमा क-कसले पाउने भए पदक र पुरस्कार ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । गत सोमबार बसेको मन्त्रीस्तरीय बैठकले शिक्षा दिवसको अवसरमा दिइने पदक तथा विभूषणको छनोट गरेको हो ।

जसअनुसार त्रिभुवन विश्वविद्यालयको सामुदायिकतर्फ ललितपुर, चापागाउँको श्री जनभावना क्याम्पस र निजीतर्फ सोल्टीमोड काठमाडौंको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइसेन्स उत्कृष्ट ठहरिएका छन् ।

त्यसैगरी, पोखरा विश्वविद्यालय मातहतको आंगिक क्याम्पसतर्फको उत्कृष्टमा कास्कीको स्कुल अफ बिजनेस चुनिएको छ । उत्कृष्ट बनेका ३ वटै क्याम्पसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ लाख ५० हजार रुपैयाँसहित पुरस्कृत गर्नेछ ।

विद्यालयतर्फ सामुदायिकतर्फ दाङको श्रीमावि तुल्सीपुर सेन्टर र निजीतर्फ काठमाडौं, टोखाको फलोरेसेन्ट मावि उत्कृष्ट हुँदै राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् ।



दाङ, तुल्सीपुरको श्री मावि तुल्सीपुर सेन्टरलाई उत्कृष्ट ठहर गरिएको मन्त्रालयले बताएको छ । स्कुलले ३ लाख रुपैयाँ प्राप्त पाउनेछन् । देशभरका सार्वजनिक विद्यालयमध्येबाट ०८० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा साे पुरस्कार घाेषणा गरिएकाे हाे ।

मन्त्रालयलले काठमाडौंकाे विश्वनिकेतन माविलाई द्वितीय घोषणा गरेको छ । उक्त स्कुलले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो स्थानमा आएको दाङकै जनकल्याण माविले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।



पदक र पुरस्कार दिने घोषणा गरे पनि आर्थिक अभाव रहेकाे जनाउँदै मन्त्रालयले पुरस्कार तथा पदक वितरणको भने टुंगो नलागेको जनाएकाे छ ।

यसैबीच, सडक विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) एवं सूचना अधिकारी अमितकुमार शर्मा नेपाल विद्याभूषण ‘ख’ २०८१ बाट सम्मानित हुने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सूचना जारी गर्दै सिडिई शर्मालाई नेपाल विद्याभूषण ‘ख’बाट सम्मान गर्न लागिएको जनाएको हो। 



विद्याभूषण ‘ख’ बाट सम्मानित हुनेहरूको नाम प्रकाशन गरे पनि शिक्षा मन्त्रालयले बजेट अभाव कारण देखाउँदै  विद्यार्थीलाई सम्मान कार्यक्रमपछि राखिने जनाएको छ।

  • प्रकाशित मिति : असोज २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया