logo-img

बाँकेमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, तीनजना घाइते
फाइल तस्बिर

बाँकेको राप्तीसोनारी–४ लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

बुधबार साँझ करिब ५ बजेतिर गाउँपालिका–४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय धामपुरका अनुसार विपरीत दिशाबाट आउँदै गरेका भे १२ प ३९९५ र भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै मोटरसाइकल चालकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो । 

प्रहरीले दिएको जानकारी अनुसार राप्तीसोनारी–४ घर भएका भे १२ प ३१९५ का ३५ वर्षीय चालक रामशरण थारूको आज साँझ पौने ६ मृत्यु भएको हो भने सोही गाउँपालिका–३ खैरेनीका भे १२ प ४८२८ नम्बरका चालक १८ वर्षीय बसन्त थारूको सवा ६ बजे मृत्यु भएको हो ।

त्यस्तै, भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडि सवार बर्दिया राजापुर–४ घर भएर हाल राप्तीसिनारी–४ धामपुर बस्ने ३१ वर्षीय अजय दहित घाइते भएका छन् । उनको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको छ । भे१२ प ४८२८ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी–३ खैरेनीका १६ वर्षीय संगीत थारू र वडा नम्बर ३ खैरेनीकै २१ वर्षीय सञ्जय थारू घाइते भएका छन् ।



उनीहरूको पनि नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 



  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया