logo-img

सर्वसाधारणका लागि आजदेखि खुल्यो धरहरा

९ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । १२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्पमा ढलेको भिमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो ।   

संविधान दिवसको अवसरमा खुला गरिने धरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन ।  धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ । 

परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो ।  धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो ।

११ वैशाख २०७८ ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो । तर, पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन । उद्‍घाटनको समयमा मूल धरहराको निर्माण नसकिए पनि अन्य संरचना निर्माण ४२ प्रतिशत मात्रै पूरा भएको थियो । 

सरकारले अर्को व्यवस्था नगर्दासम्म केही समय निःशुल्करूपमा नै धरहरा चढ्न सकिने पाइने छ । रंगरोगन र शृङ्गारका केही कामहरू बाँकी रहे पनि यसले खास समस्या नपर्ने बताइएको छ ।  





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया