logo-img

दलहरूबीच दरिलो एकता, समन्वय र सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलबीच दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । 

संविधान तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित मूल समारोहमा मुख्यमन्त्री आचार्यले ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’ को नारालाई सार्थक बनाउन सबै सरोकार भएका निकायको जिम्मेवारीपूर्ण भूमिका रहने उल्लेख गरे । उनले योजना निर्माण र कार्यान्वयनको तहमा अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले दीर्घकालीन लक्ष निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाले अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको बताए । उनले प्रदेशका साझा अधिकारअन्तर्गतका कतिपय कानुन नबन्दा कार्यसम्पादनमा केही कठिनाइ भइरहेको उल्लेख गरे ।

अत्यावश्यक कानुन सङ्घीय सरकारबाट द्रुत गतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गरिरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । उनले न्यून जनशक्ति, नयाँ स्थानमा प्रदेशको राजधानी व्यवस्थापन, प्रदेशअन्तर्गत गौरवका आयोजनाको सम्पन्नता तथा जनशक्तिको व्यवस्थापनका लागि आवश्यक कानुन तर्जुमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढिरहेको स्पष्ट पारे ।  





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया