logo-img

कलाकार खतिवडा ग्लोबल स्टार्स अवार्डबाट सम्मानित

गत आइतबार भारतको पटनामा सम्पन्न ग्लोबल स्टार्स अवार्ड २०२४ बाट कलाकार पवनप्रसाद खतिवडा (बाबा)  सम्मानित भएका छन् । निरुलाज एन्ड कम्पनीको प्रस्तुति रहको उक्त कार्यक्रममा सेलिब्रेटी गेस्टको रूपमा चर्चित बलिवुड एक्ट्रेस पुनम धिलोनसमेत सहभागी थिए । सङ्रीला पेलेसमा भएको उक्त कार्यक्रमले पटनामा एउटा छुट्टै रौनक ल्याएको थियो । 

सम्मानित भएका कलाकार बाबा विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय छन् । काभ्रेपलान्चोक, अनैकोट-१ मा जन्मेका बाबा २०४८ सालमा भिडियो फिल्म कर्म नामक चलचित्रबाट बालकालकारको रूपमा उदाएका थिए भने आजसम्म दर्जनौँ चलचित्र, टेलिचलचित्र तथा विज्ञापनमा समेत काम गरिसकेका छन् ।
 
नृत्य, नृत्य निर्देशन गर्दै सडक नाटक र रङ्गमञ्च हुँदै, टेलिचलचित्रहरू, चलचित्रहरूमा मुख्य सहायक निर्देशनको रूपमा काम गर्दै  सिनेमाका पर्दाहरूसम्मको यात्रा थालेका उनी बाबा कलाकारको उपनामले चिनिन्छन् । जुन टेलिचलचित्र ब्रेकफेलबाट जन्मिएको नाम हो । 

उनले अभिनय गरेका चलचित्रहरूमा जीवनदाता, विष, जय शिव शङ्कर, बडिगार्ड, राधे, लब सब, लगायत दर्जनौँ छन् भने टेलिचलचित्रमा हिजो आजका कुरा, जिरेखुर्सानी, मोड, किनारा, पथभ्रस्ट, अदृश्य घाउ, जीवनचक्र, कुल बहादुर काका, खुराफाती, लगायत दर्जनौ टेलिचलचित्रहरुमा  आफ्नो अभिनयबाट एउटा छुट्टै पहिचान छोडेका छन्  । 

यसअघि थुप्रै सम्मानका साथै  इन्टरनेसनल अचिभमेन्ट अवार्ड (बिजुली सर्बत), इन्टरनेसनल एक्सिलेन्स अवार्ड, ग्यालेक्सी एक्सिलेन्स अवार्डबाट पनि सम्मानित भइसकेका उनको यो चौथो अवार्ड हो । 





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया