logo-img

स्वर्णिम वाग्ले भन्छन्- संविधानको मर्म अनुसार काम गर्न सकिएन, स्थानीय तहलाई मर्ज गरेर घटाऔँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले स्थानीय तह र प्रदेश सरकारले संविधानको मर्म अनुसार काम गर्न नसकेको बताएका छन् । 

बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पालिकाहरूलाई एकीकृत गरेर पाँच सयभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताएका हुन् । 

उनले भने,  ‘बलियो र  स्वच्छ सुदृढ संघीय सरकार होस्, स्थानीय पालिकाहरूलाई ७५३ वटा चाहिँदैन, ५०० भन्दा मुनीमै जाऊँ, अहिले  धेरै पालिकाहरू मर्ज भएर शिक्षाको दृष्टिकोणबाट पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ । हामी मर्म अनुसार काम गर्न सकिरहेका छैनौँ । ’

साथै उनले प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने बताए । उनले मुलुक संघीयताको अभ्यासमा गएको भए पनि अझै पनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा अन्यौलता सिर्जना भइरहेको बताए । 





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया