logo-img

सरकार संविधान अनुकूल सबै कानुन निर्माण गर्ने ध्यानमा छ : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधानले पूर्ण  रूपले कामहरू गर्न नपाएको बताएका छन् । बिहीबार नेपाली रेडियो नेटवर्कको आठौँ वार्षिकोत्सव र संविधानको नवौँ वर्षको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले तदनुसारका कानुनहरू निर्माण हुन नसक्दा संविधानले पूर्ण कामहरू गर्न  नसकेको बताएका हुन् ।

उनले  भने,  ‘संविधान संशोधनका नाममा संघीयताका विषयमा प्रश्न उठेका छैनन्, यसका कुनै  संशोधन हुने कुराहरू पनि छैनन् । संविधानका नाममा समावेशी चरित्रलाई तोडमोड गर्न खोजिएको  होइन । त्यस कारण निर्वाचन प्रणालीका कुराहरू होलान्,  संविधान निर्माण भइसकेपछि संविधानले पूर्ण रूपले  आफ्नो  कामहरू गर्न पाएको  छैन । किनभने तदनुसारका कानुनहरू निर्माण भइसकेको अवस्था छैन । अहिले  सरकार संविधान अनुकूल सबै कानुन  निर्माण गर्ने ध्यानमा छ । ’

साथै उनले संसारको उत्कृष्ट संविधान नेपालको भएको बताए ।  उनले जनतालाई  उपयुक्त लागेका र  मुलुकलाई  आवश्यक भएका विषयहरू बाहेक जनचाहना अनुसार संशोधन गरिनुपर्ने बुँदामाथि सरकारले काम गर्ने विश्वास व्यक्त गरे । 





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया