logo-img

आविष्कार केन्द्रलाई सहयोग गर्न बुटवलमा च्यारिटी शो

राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न बुटवलमा च्यारिटी शो आयोजना हुने भएको छ । आविष्कार केन्द्रले सञ्चालन गरिरहेको वीरगन्ज कृषि औजार कारखानाको सहयोगार्थ सामाजिक फिल्म ‘कारा’ बुटवलमा प्रदर्शन गरिन लागेको हो । 

उक्त शो बुटवलस्थित फिल्म हल क्युएफएक्स भाटभटेनीमा यही असोज ७ गते दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । 

उक्त फिल्मका निर्माताले टिकट बेचेर उठेको रकमबाट खर्च कटाएर बचेको रकम आविष्कार केन्द्रलाई दिने जनाएका छन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले फिल्म हेरेर सहयोग गरिदिन सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया