logo-img

लोकतान्त्रिक विचारधारामा हामीले बहस नै गरेनौँ : अग्नि सापकोटा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले अहिले पार्टीहरुमा लोकतन्त्रप्रतिको उदासिनता देखिएको बताएका छन् । 
बिहीबार नेपाली रेडियो नेटवर्कको आठौं वार्षिकोत्सव र संविधानको नवौं वर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बहसको आवश्यकता रहेको बताए । 

अहिले दर्शन र सिद्धान्तको कुरा गर्दा मान्छेहरु कुनै ध्यान नदिने र सम्पूर्ण कुराहरु व्यापारमा केन्द्रित भइसकेको कारण डरलाग्दो स्थिति सिर्जना भएको उनको भनाइ छ । 

उनले भने,‘यति राम्रो संविधान, यति धेरै मिहिनत गरेर निर्माण भएको संविधान छ । तर पार्टीहरुमा लोकतन्त्रप्रति उदासिनता छ । विचारको बहस छैन । अहिले दर्शन र सिद्धान्तको कुरा गर्दा मान्छेहरु कुनै ध्यान दिँदैनन् । सम्पूर्ण कुराहरु व्यापारमा केन्द्रित भइसकेको छ । त्यसकारण डरलाग्दो स्थिति सिर्जना भएको छ ।’

उनले संविधानलाई सफल रुपमा कार्यान्वयन गर्दै संविधानमा भएका दार्शनिक पक्ष र मार्गनिर्देशनलाई हाइलाइट गर्दै विश्वको ध्यान आकर्षित गर्नुपर्नेमा जोड दिए । विश्व दृष्टिकोणप्रति पनि सचेत हुँदै राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उनको भनाइ छ । 

‘हामीले धेरै छलफल गरेर बनाएको संविधानमा संवैधानिक मूल्य मान्यताका सबै आयामहरु समेटिएका छन् । त्यति मात्र होइन संविधानमा लोकतन्त्रका मूल्य मान्यता पनि समेटिएका छन् । संविधान महत्वकांक्षी पनि छन् । संविधानमा एउटा छुट्टै दर्शन छ, उनले भने,‘संविधानलाई सफल रुपमा कार्यान्वयन गर्दै भएका दार्शनिक पक्ष र मार्गनिर्देशनलाई हाइलाइट गर्दै विश्वको ध्यान आकर्षित गर्नुपर्दछ । विश्व दृष्टिकोणप्रति पनि सचेत हुनुपर्दछ । विश्व दृष्टिकोणबाट सचेत हुँदै राष्ट्रिय दृष्टिकोण बनाउनुपर्दछ । लोकतान्त्रिक विचारधारामा हामीले बहस नै गरेनौँ ।’ 
 





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया