logo-img

युवाकाे बलमा मुलुक रुपान्तरण गर्न सकिन्छ, तर आगो लगाउँछु भन्नेबाट बच्नुहाेला : प्रधानमन्त्री ओली (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले युवा पुस्ताको बलमा मुलुक रुपान्तरण गर्न सकिने बताएका छन् । तर, आगो लगाउँछु भन्नेहरुबाट बच्न उनले आग्रह गरेका छन् ।

बिहीबार संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा  आयोजित मूल समारोहलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले उक्त  भनाइ राखेका हुन् । उनकाे उक्त भनाइ काठमाडाैं महानगरका प्रमुख बालेन साहलक्षित रहेकाे बुझ्न सकिन्छ ।

अहिले ओली र बालेनबीच वाक्युद्ध चलिरहेकाे छ । प्रधानमन्त्री ओली जाने कार्यक्रम बालेनले बहिष्कार गर्दै आएका छन् । मंगलबार इन्द्रजात्राकाे कार्यक्रममा पनि बालेन उपस्थित भएनन् । 

झण्डै एक् वर्षअघि बालेनले फेसबुकमार्फत 'सिंहदरबारमा आगाे लगाइदिने' चेतावनी दिएका थिए । प्रधानमन्त्रीकाे आजकाे भनाइ साेहीलक्षित रहेकाे बुझ्न सकिन्छ ।

उक्त समारोहमा बाेल्दै प्रधानमन्त्रीले युवाहरूमा केही गरौं भन्ने आगो बलिरहेको र युवापुस्ताको बलमा मुलुक रुपान्तरण गर्न सकिने बताए । तर समाजमा आगो लगाउँछु भन्नेहरुबाट बच्नुपर्ने उनकाे सुझाब थियाे । 

पूर्णपाठ





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया