logo-img

दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा बालेन समर्थकमाथि कुटपिट

दरबारमार्गमा आयोजना भएको ‘नेसनल डे कन्सर्ट’मा बालेन साहका समर्थकमाथि कुटपिट भएको छ। बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको कन्सर्टमा एक युवाले ‘बालेन ! बालेन !’ भन्दै नारा लगाउन थालेपछि उनीमाथि हातपात भएको हाे । 

प्रत्यक्षदर्शीका अनुसार कन्सर्टमा पुगेका केही युवाले महानगरपालिकाका मेयर बालेनको पक्षमा नारा लगाएपछि उनलाई अर्को समूहले हातपात गरेको हो । कन्सर्टमा ठूलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित उपस्थित भएका छन्।

कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिनेछन् ।

हिजोदेखि दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।
नागरिक स्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले समन्वय र सहजीकरण गरेको छ । उक्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने जनाइएको छ ।





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया