logo-img

सम्बन्दविच्छेदकाे मुद्दा दर्तापछि सिके राउतका दम्पती दुवै असुरक्षित, दुवैले गुहारे प्रहरी

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके)ले आफ्नी श्रीमती सोनी सिन्धु रानीबाट असुरक्षित भएको भन्दै ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएका छन् । सिकेले केही दिनअघि मात्र सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका थिए । 

राउतले श्रीमती माइत मात्रै बस्ने गरेकाे भन्दै जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेदकाे मुद्दा दायर गरेका थिए । उनले भदौ १२ गते सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका थिए ।

सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएपछि राउतले श्रीमती सोनीबाट असुरक्षित भएको भन्दै निवेदन दिएका थिए । त्यसकाे केही दिनपछि बिहीबार उनकी पत्नी सोनीले पनि सुरक्षाकाे माग गर्दै प्रहरी गुहारेकी हुन् । यद्यपि, प्रहरीले उनको निवेदन दर्ता गरेको छैन ।





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया