logo-img

सहज ढंगले व्यवसाय सञ्चालनका लागि महानगरसँग कबाड व्यवसायीको माग

कबाड व्यवसायी समाजले सहज र सरल ढंगले व्यवसाय सञ्चालनका लागि सहयोग गर्न काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज बृहत् भेलागरी महानगरका नगरप्रमुख बालेन्द्र (बालेन) साहको ध्यानाकर्षण गराइएको समाजका अध्यक्ष रामकेवल गुप्ताले जानकारी दिए ।

उनले प्रचलित कानुनबमोजिम दर्ता नवीकरण गराउन चाहेका कबाड व्यवसायलाई दर्ता नवीकरण गराउन माग गरे । महानगरका वडा कार्यालयले कबाड व्यवसायको दर्ता नवीकरण नगरेको र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा महानगरले कबाडी व्यवसायमा दर्ता गर्न रोक लगाएको उनले दाबी गरे ।

भेलामा आम आदमी पार्टीका अध्यक्ष प्रमुख साहलगायत नेताहरूको पनि उपस्थिति थियो । कबाड व्यवसायमा आबद्ध व्यक्तिलाई बेरोजगार बनाइरहेको छ र पेसा व्यवसाय गर्न पाउने हकको हनन गरेको, स्वतन्त्र रुपमा आफ्नो व्यवसाय गर्न पाउने हकको सुनिश्चित हुनुपर्ने माग समाजले गरेको छ ।





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया