logo-img

संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ का अवसरमा जिल्ला मूल समारोह समिति नुवाकोटले आज तादी गाउँपालिका-३ खरानीटारमा आयोजना गरेको प्रवचन कार्यक्रममा उनले दुई कार्यकालको संविधान सभाले सबै पक्षलाई न्याय हुने गरी संविधान निर्माण गरेको र यो विश्वमै उत्कृष्ट रहेको दाबी गरे ।

उनले भने, ‘संविधानमा राज्य सञ्चालनका हरेक तहमा महिलासहित लक्षित वर्गको सहभागिता सुनिश्चित गरिएको छ । यो जनताले बनाएको संविधान भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको दायित्व हो ।’

नेता महतले वर्तमान गठबन्धन सरकारले संविधान संशोधनका विषयमा छलफल जारी राखेकाले सहमतिबाट निर्णयमा पुगिने धारणा व्यक्त गर्दै संविधान संशोधनमा जनताको सुझाव, संसद्मा सहमति र सबै राजनीतिक दलगतको छलफलबाट निष्कर्षमा पुगिने बताए ।





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया