logo-img

‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’

संविधानविद् नीलाम्बर आचार्यले संविधान संशोधन गर्नुअघि व्यापक समीक्षा जरुरी रहेको बताएका छन् । नेपाल रेडियो नेटवर्कको आठौँ वार्षिकोत्सव र संविधानको नवौँ वर्षका अवसरमा आज आयोजित कार्यक्रममा उनले लोकतन्त्रलाई थप समृद्ध बनाउन संविधान संशोधन आवश्यकता रहेको समेत उल्लेख गरे ।

‘मुलुकको समृद्धिका लागि राजनीतिक स्थायित्व जरुरी छ र त्यसका लागि संविधान संशोधन राम्रो आधार हुनसक्छ’, उनले भने । त्यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान संशोधन समावेशी सम्बन्धी व्यवस्था हटाउनका लागि नभएको प्रष्ट पारे ।

‘संविधानलाई समयानुकूल बनाउन संशोधन अनिवार्य छ’, उनले भने, ‘जनता चाहना अनुरूप राष्ट्रिय सहमतिमा नै संशोधन हुन्छ ।’

पूर्वमन्त्री एवं नेकपा (एमाले)का सचिव पद्माकुमारी अर्यालले विगतको अनुभव, वर्तमान सन्दर्भ र भविष्यको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताइन् ।

यस्तै प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रदेश मन्त्रीको संख्या बढाउने र कार्यकर्तालाई रोजागर दिने थलोका रुपमा प्रयोग भएको उल्लेख गर्दै त्यसमा सुधारको खाँचो औँल्याए भने नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले संविधान संशोधन गर्न सकिने दस्तावेज भएको उल्लेख गर्दै संशोधन विधि र प्रक्रिया संविधान अनुकूल नै हुनुपर्नेमा जोड दिए ।

उनले संविधान संशोधन सबैको साझा सहमतिमा हुनुपर्ने उल्लेख गरे । अधिवक्ता टीकाराम भट्टराईले जनताले निर्माण गरेको संविधानमा सीमान्तकृत समुदायलाई समेत समेट्नका लागि संशोधन जरुरी रहेको बताए ।



त्यस अवसरमा नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारी, उमेश श्रेष्ठ र अजयबाबु शिवाकोटी लगायतले संविधान संशोधनमा व्यापक र बहस र छलफल गरी साझा धारणा बनाउनुपर्नेमा जोड दिए ।



  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया