logo-img

च्याम्पियन्स लिग : यमलको गोलका बाबजुद मोनाकोसँग हार्‍यो बार्सिलोना

बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित भएको छ । बिहीबार राति सम्पन्न खेलमा ऊ फ्रेन्च क्लब मोनाकोसँग २–१ ले पराजित भएको हो । बार्सिलोना पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो । र, त्यसको फाइदा मोनाकोले उठायो ।  

खेलको दसौँ मिनेटमा एरिक गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना दबाबमा परेको थियो । उनले मोनाकोका ताकुमी मिनामिनोलाई खराब फउल गरेका थिए ।

खेलको १६औँ मिनेटमा माघ्नेस अक्लिउचेले गोल गर्दै मोनाकोलाई अग्रता बनाए । तर, उसको अग्रता लामो समयसम्म टिक्न सकेन । २८औँ मिनेटमा लामिन यमलले बराबरी गोल गरे । योसँगै उनी च्याम्पियन्स लिगमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बने ।

यसअघि बार्सिलोनाकै अन्सु फातीले सन् २०१९ मा गोल गरेका थिए । ​फाती त्यो समय १७ वर्ष ४० दिनका थिए ।

यमलले १७ वर्ष ६८ दिनको उमेरमा च्याम्पियन्स लिगमा गोल गरे । तर, ७१औँ मिनेटमा जर्ज लेनिखेनाले गोल गर्दै मोनाकोलाई २–१ को जित दिलाए ।  



बार्सिलोनाले अब आइतबार ला लिगमा भिल्लारियालको सामना गर्नेछ । ला लिगामा अहिलेसम्म ऊ अपराजित छ । 



  • प्रकाशित मिति : असोज ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया