logo-img

नेपाल पुलिस एक खेलअगावै काभा क्लब च्याम्पियनसिपको सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब खेलअगावै काभा महिला भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिस क्लब लिग चरणको आफ्नो अन्तिम खेल अगावै सेमिफाइनल पुगेको हो । पुलिस क्लबले ४ खेल जितेर ११ अंक जोडिसकेको छ । बिहीबार माल्दिभ्सको घरेलु टोली वाम्कोलाई पुलिसले ३–२ को सेटमा हराएको थियो ।    

पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब, दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्स र तेस्रो खेलमा ताजिकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को सेटमा हराएको थियो । 

नेपालको लिगको विजेताका रूपमा पुलिसले क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेको हो । पुलिसले आज समूह चरणको अन्तिम खेलमा माल्दिभ्स पुलिस सर्भिससँग खेल्नेछ ।    

पुलिसको भलिबल टोली : कमला पुन‌ (कप्तान), उषा भण्डारी, पूनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनीषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल र लक्ष्मी चन्द । 





  • प्रकाशित मिति : असोज ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया