नेपाली बजारमा मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने मंगलबार घटेको छ ।
सोमबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ९ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।