logo-img

सुनको मूल्यमा आज पनि रेकर्ड, प्रतितोला १ लाख ६० हजार ४ सय पुग्यो

नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्यले तोलामा ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बुधबार बढेको छ । मंगलबार प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।







  • प्रकाशित मिति : असोज ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया