logo-img

संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित भयो : मुख्यमन्त्री सिंह
फाइल तस्बिर

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक तथा सामाजिक रूपान्तरणका लागि नीतिगत प्रतिबद्धता र सङ्कल्पसहित अगाडि बढेको बताएका छन् । 

वर्तमान सरकारको सय दिनको अवधिमा प्राप्त उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री सिंहले भने, ‘प्रारम्भिक र सर्वसम्मत खाका, गति र कार्यशैली सुनिश्चित गरी नूतन सोच तथा अक्षय निष्ठाका साथ अघि बढिरहेका छौँ ।’

उत्तरदायित्त्व र जिम्मेवारीका साथ सुशासन र विकासका पक्षमा परिणाममुखी महत्त्वाकाङ्क्षी  दीर्घकालिक कार्ययोजनाअनुसार प्रदेश सरकार काम गर्दै आएको उनको भनाइ छ। 

चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा जटिलता आउन नदिने चुनौतीसँगै आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, विनियोजन विधेयक तयार गर्ने तथा पारित गराउने काम निर्धारित समयमा कुशलतापूर्वक सम्पन्न गरेको मुख्यमन्त्री सिंहले बताए ।

संरचनागत र व्यवस्थापकीय कठिनाइ, कर्मचारी व्यवस्थापन, मानव संसाधन क्षमता एवं अनुभवको कमी, न्यून आर्थिक स्रोत आदिका कारण प्रदेश सरकारका कतिपय जिम्मेवारी प्रक्रियागत कारणले अलमलमा पर्ने गरेको स्वीकार गर्दै उनले सिकाइ र अनुभवका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

संवैधानिक अस्पष्टता, सङ्घीय कानुन निर्माण नहुनु तथा विद्यमान कानुन कार्यान्वयनका समस्या र अत्यावश्यक विषयमा प्रादेशिक कानुनसमेतको अभावले प्रदेश सरकारका काम प्रभावित भइरहेको मुख्यमन्त्री सिंहले गुनासो पोखे ।



प्रदेशको प्रशासकीय सुधार, सुशासनको प्रत्याभूति, समृद्धि, सन्तुलित एवं आत्मनिर्भर मधेसका लागि तीव्र र परिणाममुखी काममा जोड दिइएको उनले उल्लेख गरे । 



  • प्रकाशित मिति : असोज ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया