logo-img

उद्दारका लागि तीन जिल्लामा पठाइयो सेनाको हेलिकोप्टर

गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको छ ।

शनिबार दिउँसोपछि मौसम सामान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्दारका लागि सेनाको हेलिकोप्टर काभ्रेपलाञ्चोक, मकवानपुर र सिन्धुली पाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

‘प्रभावित क्षेत्रमा मौसम प्रतिकूल हुँदा हेलिकोप्टर पठाउन सकिएको थिएन ।’ उनले भने, ‘मौसममा सुधार आएपछि तीन वटा जिल्लामा  सेनाका हेलिकप्टर पठाएका छौं ।’

सेनाको हेलिकोप्टरले शनिबार काठमाडाैं उपत्यका लगायत विभिन्न प्रभावित स्थानबाट उद्दार गरेको थियो । विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरूको खोज तथा उद्दारमा २० हजार भन्दा बढी सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ ।



गृहमन्त्री रमेश लेखकले उद्दार, राहत तथा घाइतेको स्वास्थ्य र अवरुद्ध सडक सुचारु गर्न सरकार लागि परेको बताए  ।

 





  • प्रकाशित मिति : असोज १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया