logo-img

कार्यकर्तालाई प्रचण्डको निर्देशन- युद्धस्तरमा पुनर्निर्माणका काम थाल्नू

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी, घाइतेको निःशुल्क उपचार र विस्थापितहरूको पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

अध्यक्ष दाहालले आज एक विज्ञप्ति जारी गरी विपदमा परी १ सय जनाभन्दा बढीको ज्यान गइसकेको, ठूलो सङ्ख्यामा बेपत्ता र घाइते भएका तथा हजारौँ नागरिक घरवारविहीन भएका व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गरेका छन् । 

उनले राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति आफू र पार्टीका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरूको खोजी गर्नु, घाइतेहरूको उपचार गर्नु, घरबारविहीन भएकाहरूलाई सुरक्षित गर्दै पुनःस्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हो’, अध्यक्ष दाहालले भने, ‘अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरूका मुख्य पर्व दसैँतिहार नजिकिएकाले युद्धस्तरमा पुनःनिर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरूपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदछु ।’



उनले आफ्नो पार्टीका सम्बन्धित क्षेत्रमा रहेका सबै नेता कार्यकर्ता उद्धार र पुनःस्थापनाको काममा लागिरहेको उल्लेख गरेका छन् । साथै अध्यक्ष दाहालले नेताकार्यकर्तालाई बेपत्ता नगारिकको खोजी, विस्थापितको पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा लाग्न निर्देशन दिएका छन् । 





  • प्रकाशित मिति : असोज १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया