logo-img

कहिले खुल्छन् अवरुद्ध राजमार्ग ? यस्तो छ यातायात मन्त्रालयको जवाफ

शुक्रबारदेखि देशभर आएको वर्षाका कारण अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार सडकहरू मर्मत गर्ने तथा बाढीले बगाएका पुलहरूमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र सडक विभागले सक्रियता बढाएको छ ।

देशको राजधानी जोड्ने लाइफ लाइनका रूपमा रहको मुख्य राजमार्ग नागढुङ्गा–नौविसें–मुग्लिङ सडकको झ्याप्ले खोलाको अवरोध हटाएपछि पृथ्वी राजमार्गमा सवारी यातायात सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । बिपी राजमार्गको वर्दिवासदेखि नेपालथोक सम्मको अवरोध हटाइ यातायात सुचारु भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने प्रवक्ता ढकालले जानकारी दिए । 

टोखा–गुजें भञ्ज्याङ्ग–छहरे नुवाकोट हुँदै स्याफ्रुवेशीसम्मको सडक सुचारु अवस्थामा छ भने स्याफ्रुवेशीदेखी रसुवागढी सम्मको अवरुद्ध सडक सोमबारसम्म सञ्चालनमा आउने पनि ढकालले जनाए ।

अरनिको राजमार्गको ब्राहबीसे–दोलालघाट–धुलिखेल खण्ड सोमबार साँझसम्म सुचारु हुने गरी कार्य भइरहेको छ । तर बिपी राजमार्गको विकल्पको रूपमा मुलकोट बाट सित्खा पुल हुँदै मन्थलीसम्म जाने सडक सुचारु भएको छ भने सित्खा–खाँडादेवी–गाल्वा सडक सोमबारसम्म सुचारु हुने मन्त्रालयले जनाएको छ ।



सडक विभागको तथ्यांकअनुसार आइतबार साँझसम्म १८ वटा राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका थिए । १७ वटा राजमार्गका ४७ स्थानमा यातायात सेवा पूर्ण टुटेको थियो भने ४०१ स्थानमा एकतर्फी मात्रै यातायात चलाउन सकिएको विभागले जनाएको छ । पाँचवटा मोटोरेवल पुल बगाएको विभागको तथ्याङ्क छ । यद्यपी, २६४ वटा इक्यूपमेन्ट प्रयोग गरेर सडक मर्मत एवं उद्धार भइरहेको मन्त्रालयको दाबी छ ।

चाडपर्व नजिकिएकाले सडक मर्मत, वैकल्पिक बाटो प्रयोगको विषयमा मन्त्रालय र विभागले ठूलो जनशक्ति परिचालन गरेको जनाएको छ । अविरल वर्षाका कारण देश भरका ८० वटा राष्ट्रिय राजमार्गहरू मध्ये ४७ स्थानमा राजमार्गहरू पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने देखिएको छ । 





  • प्रकाशित मिति : असोज १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया