logo-img

नेप्से परिसूचक ४४ अंकले बढ्याे, तर कारोबार तीन महिनायताकै न्यून

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अंकले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ को अंकमा कायम भएको हो । 

आज तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार नौ सय ५९ कित्ता सेयर ५० हजार छ सय ८० पटक खरिद-बिक्री हुँदा कारोबार रकम तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार नौ सय ३५ मा खुम्चिएको छ । नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो ।

म्युचुअल फन्ड शून्य दशमलव ६० प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह चार दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ८३ प्रतिशतले बढेको छ । 

बैंकिङ एक दशमलव १८, विकास बैंक एक दशमलव ९३, होटल तथा पर्यटन तीन दशमलव २८, जलविद्युत् एक दशमलव २२, जीवन बिमा एक दशमलव ७८ र लघुवित्त एक दशमलव ८५ प्रतिशतले बढेको छ । 



त्यस्तै, निर्जीवन बिमा शून्य दशमलव ७१, व्यापार एक दशमलव ५२ र अन्य समूह दुई दशमलव ३७ प्रतिशतले बढेको छ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्म सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा प्रभु सेलेक्ट फन्डको सेयर मूल्य नौ दशमलव ३६ प्रतिशत छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १७ करोड ६९ लाख ६४ हजार २७ बराबरको कारोबार भएको छ । 



कारोबार भएको सेयर संख्याका आधारमा भने सिटिजन सुपर–३० म्युचुअल फन्डको १२ लाख एक हजार चार सय २० कित्ता सेयर किनबेच भएको छ ।



  • प्रकाशित मिति : असोज १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया