logo-img

बाढीपीडितका लागि माओवादीले बनायाे राहत कोष, सांसदहरूले १० दिनको पारिश्रमिक दिने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । 

पार्टीको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ ।
 
पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ । 

सो केन्द्रीय राहतकोषमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरुले १०/१० दिनको पारिश्रमिक जम्मा गर्नेछन् । स्थानीय तहका जनप्रतिनिधिलाई स्वेच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्रसमेत गरेको छ ।
 
पार्टीका प्रदेश समितिले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको कार्यलय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 

केन्द्रीय कार्यालयमा पार्टीको विपद् व्यवस्थापन विभागले ‘हेल्प डेस्क’ स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था माओवादीले जनाएको छ ।







  • प्रकाशित मिति : असोज १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया