logo-img

तीन दिनकाे विपत्तिमा के-के भयाे क्षति ? उद्धार र राहतमा सरकारको प्रयास (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो तथा डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारलाई राहत रकम वितरण गर्ने कार्य प्रारम्भ भइसकेको जानकारी दिएका छन् । 

विपद् प्रभावित व्यक्तिहरूको खोज उद्धारको कार्य दुई दिनभित्र  सकिने पनि उनले बताएका छन् । यस्तै, प्रभावित घरपरिवारलाई आवश्यकताका आधारमा राहत वितरण कार्यलाई एकद्वार प्रणालीबाट निरन्तरता दिइने उनले जनाए । 

गत बिहीबारदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण २१ जिल्ला प्रभावित भएका छन् । बाढी, पहिरो र डुबानका कारण काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका छन् ।

उक्त विपत्तिबाट हालसम्म २ सय २४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । सो विपतमा परी १५८ जना घाइते भएको प्रधानमन्त्री ओलीले जनाएका छन् । उच्च जोखिममा रहेका ४ हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको उनले बताए । 



हालसम्ममा खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिचाइ पूर्वाधारतर्फ १ अर्बको क्षति भएको प्रधानमन्त्री ओलीले बताए । 

यसैगरी ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा नौवटा राजमार्गमा अवरोध हटाई सञ्चालनमा ल्याइएको छ ।





  • प्रकाशित मिति : असोज १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया