logo-img

प्रधानमन्त्री दैवीप्रकोप कोषमा निर्वाचन आयाेगका पदाधिकारीले सात दिनकाे तलब दिने

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको सात दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

आयोगकका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोको क्षतिबाट पीडितहरूलाई राहत प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय भएको हो ।

त्यस्तै, आयोगका सचिव, सहसचिवलगायत सम्पूर्ण कर्मचारीलाई स्वेच्छिक रूपमा सहयोग तथा सहायता प्रदान गर्न आह्वान गर्ने निर्णयसमेत भएको छ ।







  • प्रकाशित मिति : असोज १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया