logo-img

सन् २०२६ का लागि खुल्याे डिभी, कुनै शुल्क नलाग्ने दूतावासकाे भनाइ

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सन् २०२६ को अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन दर्ता आजदेखि खुला हुँदै छ । नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डिभीका लागि आवेदन दिन सकिने अमेरिकी दूतावासले जनाएकाे छ । 

आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डिभी आवेदन फाराम भर्न सक्ने छन् । दूतावासले भनेको छ,'हामी डिभी आवेदकहरूलाई सकेसम्म चाँडो आवेदन भर्न प्रोत्साहित गर्दछौँ ।' आगामी कात्तिक २० गते राति १०ः४५ बजेसम्म डिभीको आवेदन दिन पाइने दूतावासले जनाएको छ ।

डिभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने दूतावासले स्पष्ट पारेको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न दूतावासले आग्रह गरेकाे छ । 

आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचीकृत गर्नुपर्ने दूतावासले जनाएको छ । उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ । 



एकजना व्यक्तिले डिभीका लागि एउटा मात्र आवेदन दिन पाउने छन् । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् । 

डिभीको लागि फारम अनलाइन भर्नुपर्नेछ । फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने पनि दूतावासले बताएको छ । अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ ।  



यस वर्ष डिभी आवेदन भर्दा राहदानी अनिवार्य गरिएको छैन । दूतावासले डिभी आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सुरक्षित राख्न र कसैलाई पनि नदिन आग्रह गरेको छ ।



  • प्रकाशित मिति : असोज १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया