संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई इजरायल प्रवेशमा प्रतिबन्ध लगाइएको छ । इजरायली विदेशमन्त्री इसराइल काट्जले ट्विट गरेर गुटरेसलाई देश प्रवेशमा रोक लगाइएको जनाएका हुन् ।
इजरायलमाथि इरानको जघन्य आक्रमणको स्पष्ट निन्दा गर्न नसकेकाे भन्दै गुटरेसलाई इजरायल प्रवेशमा प्रतिबन्ध लगाइएको हाे । विदेशमन्त्री काट्जले इरानको आक्रमणको निन्दा गर्न नसक्ने जो-कोहीलाई इजरायली भूमिमा पाइला टेक्ने अधिकार नभएको बताएका छन् ।
गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाभन्दा धेरैको मृत्यु भएकाे थियाे । त्याे गरेको घटनामा पनि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले हमासलाई आतंकवादी संगठन घोषणा गर्ने कुनै प्रयास नगरेको भन्दै इजरायलले आपत्ति जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।