logo-img

सरकारसँग कांग्रेसको माग‍- बाढी प्रभावित शैक्षिक संस्थामा पढाइको वातावरण मिलाइयोस्

नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागको बैठकले देशभर भएको अविरल वर्षाबाट विभिन्न ३० जिल्लाका विद्यालय तथा विश्वविद्यालयमा भएको क्षेतिका कारण शिक्षा क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गरेर पढाई सुचारु बनाउन र पीडित परिवारलाई आवश्यक सहयोगको निम्ति समेत  सरकारलाई ध्यानाकर्षण गरेको छ । सरकार प्रत्यक्ष मारमा परेका विद्यालय, विश्वविद्यालय, विद्यार्थी  र शिक्षकको समस्या केन्द्रित हुनुपर्ने विभागको भनाई छ।  

कांग्रेस शिक्षा विभागको सचिवालय बानेश्वरमा बसेको बैठकले वर्षाका कारण भएका भौतिक तथा मानवीय क्षेतीका प्रति संवेदनशील बनेर आवश्यक कार्य थाल्न पनि सरकारसँग अनुरोध गरेको छ ।

शिक्षा विभागको तर्फबाट केही शैक्षिक सामाग्रीहरू प्रदान गरी शिक्षण सिकाई क्रियाकलापलाई सहजीकरण गर्न सहयोग गर्ने निर्णय समेत विभागले गरेको छ । साथै शिक्षा नीति निर्माण गर्न देशभरका ६, ७४३ वडा, ७५३ पालिका र १६५ निर्वाचन क्षेत्रबाट सुझाव समेट्ने निर्णय गरेको छ ।साथै यस अघिको निवर्तमान विभागले तयार गरेको डकुमेन्टलाई समेत आधार बनाएर थप विमर्श चलाउने पनि कांग्रेसको निर्णयमा छ।
 
आज बसेको बैठकले संसदमा थन्किएर बसेको विद्यालय शिक्षा विधेयकमाथि सरोकारवालाहरूसँगको थप छलफल गरेर विधेयक पास गर्नुपर्ने र शिक्षा भित्रका विद्यमान रहेका समस्या समाधान गर्न संसद् र राजनीतिक दलहरूसँग माग गरेको छ ।

साथै, संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्य र शिक्षाको प्रावधान अक्षरशः लागु हुनुपर्ने र जीवन उपयोगी (व्यवहारिक) शिक्षालाई सीपसँग, सीपलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्ने विषय कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय गरेको संयोजक नैनसिंह महरले बताएका छन् ।  







  • प्रकाशित मिति : असोज १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया