logo-img

मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने कुचेष्टा भयो, अब सरकार गम्भीर बन्छ : मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजारमा वस्तुको मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने कुचेष्टा गरिएको बताएका छन् । 

बिहीबार काठमाडौंमा हिमालयन इन्टरनेसनल एक्सपो २०२४ लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले चाडबाडको बेला बजारमा वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भए पनि सरकारले त्यसो हुन नदिएको बताए । 

सरकारले सञ्चालनमा ल्याएका दसैँलक्षित सुपथ मूल्यका पसलहरू प्रभावकारी भएको उनको भनाइ छ । 

उनले भने, ‘बजारमा मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने गरिएको छ । सरकारले एक्सन लिएपछि केही सहज भएको छ । चाडपर्वलाई लक्षित गरेर मन्त्रालयले सुपथ मूल्यका पसलहरू देशव्यापी रूपमा सञ्चालन गरिरहेको छ । पेट्रोलियम पदार्थमा मूल्य घटाएको छ । अत्यावश्यक खाद्य वस्तुहरूमा मूल्य घटाइएको छ । सुपथ पसलहरू प्रभावकारी देखिएको छ ।’



त्यस्तै मन्त्री भण्डारीले वस्तुको उत्पादनमा कमी आएका कारण वर्षेनी अर्बौं रुपैयाँका सामान आयात गर्नुपरेको बताए । 

‘नेपालमा वस्तु उत्पादन गरौँ । उत्पादन नहुँदा आयातमा निर्भर हुनुपर्ने अवस्था आएको छ । वर्षेनी १० अर्बको वस्तु आयात हुने गरेको छ । अहिले सरकारले ४० अर्बको अनुदान दिएर पनि वस्तु आयात गर्नुपर्ने अवस्था छ । उखुमा किसानलाई प्रतिकेजी ७० रुपैयाँ अनुदान दिइरहेका छौँ । तर, चिनी उत्पादक संघले सरकारले तोकेको मूल्यमा दिन तयार छैन । सरकारले बोलाएका कार्यक्रमहरू बहिस्कार गरेर हिँडिरहेका छन् ।’ 





  • प्रकाशित मिति : असोज १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया