एनसीसीएस समूहले हालै गएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । एनसीसीएसले पीडितहरूलाई सहयोग स्वरूप ५ लाख ६ हजार ५५० रूपैयाँ सहयोग गरेको हो ।
अविरल वर्षा कारण हजारौँ नागरिक विस्थापित हुने अवस्था आएपछि एनसीसीएस र यसमा आबद्ध शिक्षक तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको हो ।
विगतमा पनि एनसीसीएसले प्राकृतिक विपत्तिका कारण धनजनको क्षति हुनेगरी देश अफ्ठयारो अवस्थामा पुग्दा सहयोग गर्दै आएको छ । देश समस्यामा पर्दा सबैले मिलेर सहयोग गर्नुपर्ने एनसीसीएसको भनाइ छ । यही असोज ११ र १२ गते देशका विभिन्न भू-भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको छ ।
विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्रीकै सक्रियतामा यो दैवी प्रकोप उद्धार कोष खडा गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।