logo-img

डा. वाग्लेको टिप्पणी - नेपालमा संघीयता बुझेका नेता नै छैनन्

संघीयता विज्ञ डा. अच्युत वाग्लेले नेपालका कुनै पनि राजनीतिक दलमा संघीयता बुझेका एक जना पनि नेता नभएको टिप्पणी गरेका छन् । 

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डा.वाग्ले नेपालको संविधानमा समन्वयात्मक संघीयता उल्लेख गरिएको भए पनि त्यस्तो ‘छेस्को’समेत लागु नभएको बताएका हुन् । संघीयताका विषयमा व्यापक छलफल गर्नुपर्ने उनको भनाइ छ । 

उनले भने, ‘कुनै पनि राजनीतिक दलमा संघीयता भनेको के हो भनेर राम्रोसँग जानकारी भएको मान्छे एक जना पनि छैनन् । कोहीभए देखाइदिनुस् न मलाई । हाम्रो संविधानमा तीनै तहको सरकारलाई कोअपरेटिभ फेडेरेलिज्म भनेको छ । त्यो भनेको हामीले अभ्यास गरिरहेका छौँ त्योभन्दा विलकुल फरक विषय हो । हामी कहाँ त समन्वयात्मक संघीयताको छेस्को पनि छैन । यस विषयमा कहीँ पनि बहस भएको छैन । राजनीतिक दलको घोषणापत्रमा बहस भयो कि ? पार्टीको बैठकमा बहस भयो ?’

स्थानीय तहहरूलाई अधिकारपूर्ण बनाएर सोही अनुसारको काम कारबाही प्रदान गर्नुपर्ने वाग्लेले बताए । त्यस्तै, उनले सामाजिक सुरक्षा वितरण अस्वाभाविक भएको उल्लेख गरे । 
मान्छेकोआर्थिक हैसियतको आधारमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । 



उनले भने, ‘सामाजिक सुरक्षाको केही हक स्थानीय सरकारलाई पनि दिनुपर्छ । खरो रूपमा भन्ने गरेको छु–अर्ब पतिले सामाजिक सुरक्षा उही पाउने अनि सुकुम्बासीले पनि उही पाउने भयो क्या । मलाई तीन हजार चाहिन्थ्यो होला । सुकुम्बासीका मानिसलाई ६ हजार आवश्यक पर्थ्यो होला । अर्ब पतिलाई एक हजार भए पनि हुन्छ । न्यायोचित हुनुपर्दछ नि ।’ 





  • प्रकाशित मिति : असोज १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया