नेपालबाट बगाएर लगेका अर्नाले भारतमा दुईजनाकाे ज्यान लिएपछि गोली हानेर मारिएको छ । गत साता सप्तकोशीमा आएको भीषण बाढीले कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेका ६ वटा अर्नालाई बगाएकाे थियाे ।
भारतको बिहारस्थित सुपौल जिल्लामा पुगेका अतिदुर्लभ प्रजातिका ६ मध्ये एउटा अर्नालाई गोली हानी मारिएको हो । बुधबार बसन्तपुर प्रखण्डको भगवानपुर पञ्चायत वडा नम्बर २ मा नेपालको जंगलबाट बगेर गएको अर्नाले दुईजनालाई हानेको थियो ।
बिहान खेतमा धान गोडिरहेका ५० वर्षीय भुवनेश्वर मण्डललाई अर्नाले हानेकाे थियाे । उनलाई सहयोग गर्न पुगेका २५ वर्षीय मुकेश कुमारलाई पनि अर्नाले हानेकाे थियाे । गम्भीर घाइते भएका दुवैजनाकाे मृत्यु भएकाे थियाे ।
बिहार प्रदेशका मन्त्री निरजकुमार सिंह (बब्लु)ले उक्त अर्नालाई १५ गोली हानेर मारिएकाे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले राक्षस महिषासुरको सवारी भैंसीलाई स्थानीयले मारिदिएकाे उल्लेख गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।