‘इन्ड अफ लाइफ केयर’ अर्थात् जीवनको उत्तराद्र्धको स्वास्थ्य सेवा एकप्रकारको विशेष परिस्थितिमा दिइने स्वास्थ्य सेवा हो । यसअन्र्तगत सिकिस्त बिरामीलाई सहयोग गर्ने उद्देश्यले मन्द किसिमको औषधि उपचार गरिन्छ ।
कतिपय दीर्घरोग लागेका वृद्धवृद्धा बिरामीको सम्पूर्ण उपचार सम्भव हुँदैन । उहाँहरूलाई लामो समयसम्म जीवन बचाउन सकिँदैन । यस सन्दर्भमा बिरामीलाई सजिलो पार्नका निम्ति, उहाँहरूको दुखाइ कम गर्नका निम्ति तथा दैनिकी कार्य र खानपिनलाई व्यवस्थित तुल्याउनका लागि यो सेवा दिने गरिन्छ । उहाँहरूको रोगको लक्षणलाई कम गर्न तथा निर्मूल पार्नका लागि पनि अहम् भूमिका खेल्दछ ।
‘इन्ड अफ लाइफ केयर’ अर्थात् जीवनको अन्तिम समयमा दिइने सेवा र उपचार निम्न रोगहरूको लागि दिइने गरिन्छ :
१. क्यान्सर रोग,
२. फोक्सोको रोग,
३. मुटुसम्बन्धी रोग,
४. मस्तिष्कसम्बन्धी रोग (बिर्सिने; स्मरण कम हुने रोग),
५. मिर्गौलासम्बन्धी रोग,
६. मस्तिष्कमा पक्षघात हुने, हात खुट्टा नचल्ने रोग,
७. अन्य प्राण घातक र दीर्घरोग आदि ।
प्यालिसेटिभ केयर शब्द फ्रेन्च भाषा ‘प्यालिएसन’बाटबाट अनुकरण गरिएको हो । ‘प्यालिएसन’ शब्द मूल ल्याटिन शब्द ‘प्यालिएर’बाट लिइएको हो ।
प्यालेस्टिभ हेरचाह (केयर) भन्नाले रोग पूर्ण रूपमा उपचार गर्न नसकिने अवस्थामा, टर्मिनल रोगहरूमा बिरामीलाई पीडा कम गर्न दिइने उपचार हो । यसलाई मृत्युभन्दा पूर्वको हेरविचार भनेर पनि बुझ्न सकिन्छ ।
‘इन्ड अफ लाइफ केयर’ र ‘प्यालिएभ केयर’ विभिन्न अस्पताल, सेवा संस्था, स्वंयसेवक/सेविका अथवा व्यक्तिले दिन सक्नुहुन्छ । यदि तपाईंको परिवारमा अथवा चिनजानमा कसैलाई निरन्तर स्वास्थ्य सेवा चाहिन्छ भने विभिन्न निकाय एवं व्यक्तिलाई सोधपुछ गर्न पनि सक्नुहुन्छ ।
उदाहरणका लागिः
१. प्यालिएटिभ केयरका विशेषज्ञ चिकित्सक,
२. क्यान्सर रोग उपचार गर्ने चिकित्सक,
३. क्यान्सर अस्पताल,
४. क्यान्सर उपचारमा कार्यरत नर्स,
५. आवासीय हेरचाह गर्ने संस्था,
६. अपांग सेवा प्रदायक अस्पताल अथवा संस्था,
७. स्वंय सेवा प्रदायक संस्था,
८. अ.न.मी, हे.अ.,
९. लायन्स क्लब, रोटरी क्लब,
१०. सरकारी संस्था ।
‘इन्ड अफ लाइफ केयर/प्यालिएटिभ केयर’ प्रशिक्षित चिकित्सक तथा नर्सद्वारा दिइनु उचित हो । सेवा दिने व्यक्तिले बिरामीप्रति सेवा भाव र बिरामीको परिवारप्रति सम्मान हुनुपर्छ । सेवा दिने व्यक्तिले बिरामीलाई प्रशस्त समय दिनुपर्छ र बिरामीको समस्या बुझ्न सक्नुपर्छ । र, त्यसको समाधान गर्नुपर्छ । परिवारका सदस्यहरूले पनि स्वास्थ्य सेवकलाई राम्रो बोली वचन र व्यवहार गर्नुपर्छ ।
करारबमोजिम सेवा दिने व्यक्ति अथवा संस्थालाई शुल्क समयमा बुझाउनुपर्छ । दुखाइ कम गर्ने औषधि दिने र मेडिकल समस्या समाधान गर्नेबाहेक बिरामीको आत्मीय, मनोवैज्ञानिक, भावनात्मक आयामहरूलाई पनि सकारात्मक तरिका बलियो बनाउनुपर्छ ।
बिरामीलाई सकारात्मक दिशातर्फ लैजानुपर्छ । बिरामीको पारिवारिक र सांस्कृतिक मान्यतालाई पनि ठेस लाग्न दिनुहुँदैन । समग्रमा भन्दा बिरामीको जीवनस्तरलाई सकेसम्म सामान्य र गुणस्तर बनाउने प्रयास गर्नुपर्छ ।
साधारणतया ‘इन्ड अफ लाइफ केयर’ खोज्ने बिरामीहरूमा निम्न समस्या हुन सक्छ :
१. दुखाइ (मांसपेसी हाडजोर्नी अंगहरूको दुखाइ),
२. घाउहरू (सुक्खा अथवा रगत पिप बग्ने घाउ, दैनिक घाउ सफा गर्नुपर्ने, मलमपट्टी गर्नुपर्ने),
३. छाला चिलाउने, पिठ्युँमा निस्केको ‘बेड सोर’ दैनिक सफा गर्नुपर्छ,
४. खानानली र पाँचनसँग सम्बन्धित, खानानलीमा पाइप राख्नुपर्ने, पाइपबाट झोल खानेकुरा नापेर समय समयमा खुवाउनुपर्छ ।
५. ज्वरो, आँखामा पानीपट्टी गर्ने, औषधि बेला–बेला दिने,
६. पिसाबको पाइप राख्नुपर्ने,
७. अप्रेसन भएको ठाउँको ड्रेसिङ गर्ने,
८. हिँड्न नसक्ने बिरामीलाई खुट्टा टेक्न मद्दत गर्ने वा ह्विल चेयरमा राख्न मद्दत गर्ने ।
बिरामीको सेवा जीवनको उत्तराद्र्धमा विभिन्न आयामहरूमा विभाजित छ । सबै बिरामीलाई सबैथोक चाहिँदैन । एउटा बिरामीको स्वास्थ्य आवश्यकता र आशय अर्को बिरामीभन्दा फरक हुन सक्छ । अन्ततः एक अर्कालाई निःस्वार्थ सेवा गर्नु नै हाम्रो मानवीय धर्म हो, कर्तव्य पनि हो ।
बिरामी पक्षले पनि के बुझ्नु जरुरी छ कि चिकित्सक भनेको भगवान् होइन । ऊ केवल एउटा प्रशिक्षित स्वास्थ्य सेवाप्रदायक व्यक्ति हो । उसले केवल उपचार गर्न सक्छ । भगवान् जस्तै चमत्कार गर्न सक्षम छैन । बिरामी स्वयंले पनि बुझनु जरुरी छ कि जीवन सीमित वर्षका लागि मात्र हुन्छ । कुनै पनि व्यक्ति अमर, अजेय छैन ।
(लेखक क्यान्सर रोग विशेषज्ञ हुन् ।)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।