विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पुर्याएको क्षतिबारे समीक्षा गर्दै १४ वटा जिल्लालाई संकटग्रस्तका रूपमा घोषणा गरेको छ ।
शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लासहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।
उनले भने,‘ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, ललितपुर, संखुवासभा, भक्तपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्ला बढी प्रभावित भएको देखियो । यी जिल्लाहरूलाई संकटग्रस्त जिल्ला घोषणा गरिनेछ ।’
स्थानीय तहलाई तोक्ने कुरामा छलफल जारी रहेको भन्दै छलफल गरेर संख्या तोक्ने उनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।