हिन्दुहरूको महान पर्व वडादसैँ सुरु भएसँगै काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कबाट गाउँ जानेहरूको भीड बढेको छ । बाढी र पहिरोका कारण राजमार्गहरू असहज भएपनि गाउँ जानका लागि बिहानैदेखि यात्रुहरूको चहलपहल देखिन्छ ।
सरकारले सोमबारदेखि नै रुट परमिट खुला गरिदिएपछि व्यवसायीहरुले जोखिम मोलेरै भएपनि सवारी साधनहरु संचालनमा ल्याएका छन् । यात्रुहरु उत्साह र त्रासकाबीच यात्रामा निस्किएका छन् । यसपालीको दसैँमा १८ लाखभन्दा बढी मानिसहरूले काठमाडौं छाड्ने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।