logo-img

यात्रुसहितकाे माइक्राे घरभित्र छिरेपछि...

दाङकाे तुलसीपुरमा यात्रुसहितकाे एक माइक्राे बस घरभित्र छिरेकाे छ । दाङबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको बाप्र ०३–००१ ज ७७२ नम्बरको माइक्रो दुर्घटना भएकाे हाे । 

आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका– ७ डाँडापातुवाका स्थानीय खिमबहादुर मल्लको घरभित्र छिरेको हो ।

गाडीमा नाैजना यात्रु रहेकामा दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएका हुन् ।

घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । 





  • प्रकाशित मिति : असोज २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया