logo-img

गैरआवासीय नेपाली संघद्वारा पीडितलाई राहत वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौंको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित एक सय २० परिवारलाई राहत वितरण गरेको छ ।

बाढी, डुबान तथा पहिरोका कारण प्रभावित दक्षिणकालीका ५० परिवार तथा इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीका ७० परिवारलाई खाद्य सामग्री, लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्तीलगायत सामग्री वितरण गरिएको हो । स्थानीय तहसँग समन्वयपश्चात् दुवै जिल्लाका अति प्रभावितलाई  राहत वितरण गरिएको संघले जनाएको छ ।

यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा आज दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा राहत वितरण गरिएको हो ।

सोमबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका र बुधबार ललितपुरको ठोस्नेखोलामा पीडित परिवारलाई राहत वितरण गर्ने संघले जनाएको छ । संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ ।



यस्तै  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संघले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सिस्नेरीमा आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, प्रतिनिधिसभामा नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालगायतले राहत वितरण गरेका थिए ।





  • प्रकाशित मिति : असोज २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया