logo-img

भोजपुरको लेखर्कमा बाढीपहिरो : करोडौँको क्षति

हालैको वर्षाले टेम्केमैयुङ–९ लेखर्कमा राउतेखोला पक्की पुलसँगै विभिन्न संरचनामा क्षति पुर्याएको छ । वर्षाले पहिरोले पुल, खानेपानी, सिँचाइ कुलो, सडक, पाँचधारे प्रहरी चौकीसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति पुगेको हो । 

बाढीपहिरोका कारण यहाँ ४ करोड रुपैयाँको करोड बढीको क्षति भएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नभराज माङ्पाहाङले बताए । हाल क्षति पुगेका संरचनाको विवरण सङ्कलनको काम भइरहेको उनको भनाइ छ । 

पहिरोले साबिक वडा नं ६ काभ्रेमा बस्ती नै जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङले जानकारी दिए । यहाँको राईटोल र विकटोल जोखिममा रहेको उनले जानकारी दिए ।

‘बाढी पहिराले ४ करोड बढीको क्षति पुगेको अवस्था छ’, उनले भने, ‘काभ्रेको एउटा बस्ती नै जोखिममा छ । सडक, पुल, खानेपानी, सिँचाइ कुलोमा क्षति पुग्दा जनजीवनमा प्रत्यक्ष असर परेको अवस्था छ ।’



त्यस्तै, बाढी-पहिरोले काभ्रे खानेपानी आयोजना, लेखर्क खानेपानी आयोजनामा क्षति पुगेको छ । त्यस्तै, गिद्धे सिँचाइ कुलो, धिमाल कुलो, बिसाउने कुलो, बजगाईँ कुलो, सुन्तले कुलो, विजलेस काभ्रे सिँचाइ कुलो र जौबारी सिँचाइ कुलोमा क्षति पुगेको छ । 
 
साविक दुई वाइराङका तुलसी सुनार, सूर्य विकको घर र ज्ञानोदय आधारभूत विद्यायलय पहिराको जोमिखमा परेको वडा कार्यालयले जनाएको छ ।  पाँचधारे प्रहरी चौकीको पश्चिम भागबाट पहिरो खस्दै गरेकाले जोखिममा रहेको वडाका प्रतिनिधि बताउँछन् ।

पहिरोले दीपेन्द्र घिमिरे, इन्दिरा राई घिमिरे, जोधन राई, सीताराम घिमिरे र सूचन राईको घरमा असर परेको जनाइएको छ । त्यस्तै, स्थानीय कुमार विश्वकर्माको खेतमा क्षति पुगेको वडाले जनाएको छ ।



साविक–४ जाल्पादेवी आधारभूत विद्यालय र युवराज पुरीको घर पहिरोको जोखिममा परेको जनाइएको छ ।  



  • प्रकाशित मिति : असोज २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया