logo-img

गुल्मीकाे रुद्रवेणीमा जिप दुर्घटना : १५ जना घाइते, एककाे अवस्था गम्भीर

बुधबार गुल्मीकाे रुद्रवेणीमा जिप दुर्घटना भएको छ । बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको जिप गुल्मीको सत्यवती गाउँपालिका–१ रुद्रवेणीमा दुर्घटनामा परेकाे हाे । 

लु१ज २०८८ नम्बरको जिप दुर्घटनामा पर्दा १५ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएकाे छ । 

घाइतेमध्ये ११ जनाको अवस्था मध्यम छ भने तीनजनाको अवस्था सामान्य रहेको छ । घटनामा बाग्लुङको बरेङ गाउँपालिका–३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि रिफर गरिएको छ । 





  • प्रकाशित मिति : असोज २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया