logo-img

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

कैलालीको घोडाघोडी नगरपालिका-१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सडकमा हिँडिरहेको अवस्थामा सुप प्र ०१०१० प १७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७८ वर्षीय मणीराम सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमाल पालले जानकारी दिए ।

आज दिउँसो ४ बजेतिर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सापकोटाको घोडाघोडी अस्पतालमा पुर्याए लगत्तै मृत घोषणा गरिएको थियो । मोटरसाइकल चालक घोडाघोडी नगरपालिका १ बेलारका २५ वर्षीय खडक रेग्मी प्रहरीको नियन्त्रणमा रहेको पालले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया