logo-img

देवी दुर्गाको ‘खोइछ’ भरिँदै

मधेसको मिथिला क्षेत्रमा दशहरा (दसैँ) पर्वका अवसरमा श्रद्धालु भक्तजनले देवीको ‘खोइछ’ (पोल्टा) भर्न थालेका छन् । दसैँको फूलपातीको पूजा विधि सम्पन्न भएसँगै देवीको ‘खोइछ’ भरिने मैथिल चलन छ । खासगरी विभिन्न समयमा देवीको पुकारा गर्दै इच्छित कामना पूरा भएकाहरूले भाकलमा ‘खोइछ’ भर्ने गरेका छन् ।

जिल्लाका सबै देवी शक्तिपिठ, दुर्गा मन्दिर र दुर्गा प्रतीमा स्थापित गरिएका ठाउँमा दुर्गा भवानीको ‘खोइछ’ भर्ने भक्तालुको लामो पङ्ति छ । खोइछमा भाकलअनुसार वस्त्रआभूषण, द्रव्य (सुन, चाँदी वा तामाका गहना वा भाँडा), नगद भेटी र नरिवलसहितका फल भर्ने गरिन्छ ।

फूलपाती विधि सम्पन्न गरेपछि सुरु हुने खोइछ भर्ने कार्य नवमी तिथिभरि जारी रहन्छ । नवरात्रमा विधिपूर्वक व्रतमा रही दुर्गाको आराधना गर्ने र भक्तिभावले खोइछ भर्ने भक्तमाथि देवीको अनन्य कृपा हुने विश्वास गरिन्छ । देवी दुर्गाको खोइछ भर्ने श्रद्धालुलाई कहिल्यै दारिद्र नलाग्ने हिन्दू मैथिल विश्वास जनमनमा स्थापित छ ।

मिथिलामा देवीको खोइछ भर्ने कार्य पुरुष, महिला दुवैले गर्नसक्छन् । यद्यपि यहाँ खोइछ भर्नेमा अधिकांश महिला देखिन्छन् । देवीदेवतासँग इच्छित कामनाका लागि भाकल गर्ने महिला बढी हुनेहुँदा खोइछ भर्ने महिला बढी हुने गरेका मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाको भनाइ छ ।







  • प्रकाशित मिति : असोज २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया