logo-img

भारतको तमिलनाडु रेल दुर्घटना : १९ जना घाइते

भारतको तमिलनाडु राज्यमा मालवाहक रेल दुर्घटना भएको छ । दुर्घटना तमिलनाडुको राजधानी चेन्नईमा शुक्रबार साँझ भएको थियो ।

रेलको एक अधिकारीले भने, ‘यात्रुवाहक रेल ७५ किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको थियो । यो मालगाडीसँग ठोक्कियो र रेलको एक कोचमा पनि आगो लागेको थियो ।’

रेल्वे अधिकारीहरूका अनुसार रेल मुख्य लाइन हुँदै जानुपर्ने थियो । तर, लुप लाइनमा छिरेको थियो । रेल्वेका वरिष्ठ अधिकारी आरएन सिंहले भने, ‘दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान गुमेको छैन । सातदेखि आठजना यात्रु मात्र घाइते भएका छन् । घाइते सबै जनालाई अस्पताल भर्ना गरिएको छ ।’ 

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा घाइते हुनेको सङ्ख्या १९ जना पुगेको छ । अधिकारीहरूका अनुसार दुर्घटनाको समयमा यात्रुवाहक रेलमा १ हजार ३६० जना सवार थिए ।



गत जुन महिनामा पश्चिम बङ्गालमा एउटा मालगाडी रेलको पछाडिको भागमा ठोक्किएर कम्तीमा १५ जनाको मृत्यु र ६० जना घाइते भएका थिए ।  





  • प्रकाशित मिति : असोज २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया