logo-img

सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर हज प्रमुख मेन्टर नियुक्त

एनपिएलको पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको छ ।

अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका हजलाई सुदूरपश्चिमले नियुक्त गरेको हो । हजको आगमनसँगै नेपाल सुपर लिग एनपीएल मा सुदूरपश्चिमले उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको छ ।

हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग आइपीएल समेत खेलेका थिए । हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताए । 

क्यानको आयोजनामा मंसिर १६ गते देखि एनपीएल सुरु हुँदै छ ।  





  • प्रकाशित मिति : असोज २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया