logo-img

सुनसान सिंहदरबार [तस्बिरहरू]

बडादसैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरू खुलेका छन् । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ ।

मंगलबार बिहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरू भेटिए । सिंहदरबारभित्रका सडकहरूमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो । मन्त्रीका गाडीहरू हुइँकिए पनि कर्मचारीहरूको उपस्थिति न्यून थियो । 

फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका मन्त्रालयका ढोका खुले पनि सबै मन्त्रालयका शाखा वा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून देखिन्थ्यो । मानिसहरूको आवतजावत भने बाक्लिएको छ । टाढा घर भएका कर्मचारीहरू काठमाडौं आइ नपुगेकाले मन्त्रालयहरू सुनसान रहेको कर्मचारीहरूले बताए ।  

तर, दसैँमा गाउँ गएकाहरू फर्कन थालेसँगै सहर बजार र सडकमा भने भिडभाड बढेको छ । आवतजावतका लागि सडकहरू असहज भएकाले केही असजिलो भएको छ । दसैँको मुखमा प्राकृतिक विपत्तिका कारण धेरै राजमार्ग एव सडकहरू पूर्ण रूपले सञ्चालनमा आइसकेका छैनन् । 







 

  • प्रकाशित मिति : असोज २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया