२०८१ सालको बडादसैँको सार्वजनिक बिदा सकिएसँगै गाउँ गएकाहरू काठमाडौं फर्किने क्रम सुरु भएको छ । पूर्वी नेपाललाई जोड्ने बिपी राजमार्ग र अरनिको राजमार्ग भएर काठमाडौं उत्रिनेहरूको भीड मंगलबार कोटेश्वरमा देखिएको छ ।
बाढी र पहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गमा मंगलबारबाट यस अघिजस्तै सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौं आउनेहरूको चाप बढेको छ । अरनिको राजमार्ग पनि सहज भएको छ ।
मंगलबारदेखि बडादशैंका लागि भनेर दिइएको पाँच दिनको सार्वजनिक बिदा सकिएसँगै काठमाडौं जोडने कलंकी र कोटेश्वरमा यात्रुहरूको चाप देखिएको हो । कोटेश्वर र जडीबुटी क्षेत्रमा सवारी जाम समेत सुरु भएको छ ।
पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना यात्रुहरू काठमाडौं उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयले तथ्याङ्क छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।